अछाम– चौरपाटी गाउँपालिकामा 'एक गाउँ एक प्राविधिक' कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्थानीय किसानलाई कृषि खेतीमा सहजता ल्याउनका लागि साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।
स्थानीय तहले ७ वटै वडामा 'एक गाउँ, एक प्राविधिक'लाई पठाएर आधुनिक कृषि खेतीका लागि स्थानीयलाई प्राविधिक,परामर्श, सुझाब सल्लाह दिने कृषि शाखा प्रमुख झप्परबहादुर भूलले पालिका खबरलाई बताए ।
आधुनिक कृषि तरकारीका बीउ, बोट विरुवा र मलखाद ५० प्रतिशत अनुदानमा विक्री गर्दै आएको प्रमुख भुलले बताए । आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत तरकारी बाली, खाद्यान्न बालीमा लाग्ने रोग नियन्त्रण गर्न तरकारीको युनिकीट वितरण र स्थलगत तालिम नि:शुल्क गर्ने गरेको छ । चालू आर्थिक वर्षमा कृषिका लागि ८० लाख वजेट विनियोजन गरेका छ ।