अर्घाखाँची - सन्धिखर्क नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गर्ने भएको छ । नगरपालिकाले स्थानीय उत्पादनको प्रर्वद्धन तथा बजारीकरणका लागि कृषि उपकरण वितरण गर्न लागेको हो ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै बजारीकरणका लागि सहकारीलाई उपकरण वितरण गर्न लागेको जनाएको छ । नगरपालिकाको आर्थिक २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरभित्रको कुनै एक उत्कृष्ट सहकारीलाई ५० प्रतिशतमा मेसिन उपकरण दिने जानकारी दिएको छ ।
नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई स्थानीय कृषि उत्पादनको बिक्री गर्दै आएका कृषि तथा बहुउद्धेश्यीय सहकारीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कृषि शाखामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।