सर्लाही । बसबरिया गाउँपालिकाले साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाको अनुसार पालिकाले धान पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । इच्छुक व्यक्ति तथा कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् ।
छनौट परेका कृषकले २० हेक्टर क्षेत्रफलमा धान बाली लगाउनु पर्ने छ । कार्यक्रम पालिकाभित्रका ६ वटै वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।