काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले कृषिसम्बन्धी कार्यक्रममा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले ‘कृषि उपजको प्रवर्द्धन कार्यक्रम, कृषि तथा पशुजन्य पदार्थको उत्पादन, संकलन प्रशोधन र बजारीकरण परियोजना कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
शुक्रबार एक सुचना जारी गर्दै नगरपालिकाले वडा नं २ मा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रममा ५० प्रतिशत नगरपालिकाले अनुदान दिने जनाइएको छ ।
कार्यक्रममा सहभागि हुन इच्छुक कृषक/ कृषक सहकारी/ कृषि फर्म/ जल/वन उपभोक्ता समितिलाई सुचना प्रकासित भएको २१ दिन भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ ।