खोटाङ। केपिलासगढी गाउँपालिकाले मौरी पालनको लागि सिफारिस गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका वडाध्यक्षहरुलाई सो अनुरोध गरेको हो ।
गाउँपालिकाको अनुुसार सम्पूर्ण वडाहरुका इच्छुक मौरी पालक कृषकको विवरण संलग्न पारी वडाबाट निवेदन संकलन गरी सिफारिस गर्न अनुरोध गरिएको हो । वडाका कृषि प्राविधिक कर्मचारीलाई सम्बन्धित स्थलमै गई आवश्यक प्रतिवेदन समेट्नु पर्ने गाउँपालिकाले जनाएको छ ।
आवश्यक कागजातसहित चैत्र ३० गतेभित्र विवरण पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सोभन्दा पछि आएको निवेदन योग्य नहुने सो सूचनामा उल्लेख गरिएको छ ।