close

अनुदानमा धानको वीउ माग गर्न तिलाउको अनुरोध

अनुदानमा धानको वीउ माग गर्न तिलाउको अनुरोध

Trulli
ADVERTISEMENT

पाल्पा । तिलाउ गाउँपालिकाले अनुदानमा धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा धानको वीउ माग गर्न अनुरोध गरेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले अनुदानमा धानको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि इच्छुक कृषक, सहकारी संस्था, फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको  छ।

आवश्यक कागजातसहित धानको वीउ माग गर्न सक्नेछन् । पालिकाभित्रका सबै वडा कार्यालयका स्थानीय बासिन्दाले कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।