close

अनुदानमा धानको वीउ वितरण गर्दै रत्ननगर

अनुदानमा धानको वीउ वितरण गर्दै रत्ननगर

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले उन्नत धानको वीउमा कृषकलाई अनुदान दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उन्नत जातको वीउ वितरण गर्ने जनाएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, कृषि समूह तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित चैत्र २१ गतेभित्र नगरपालिकामा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रमको लागि नगरपालिकाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।