close

कौशी खेती गर्नेलाई तालिम

कौशी खेती गर्नेलाई तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुर ठिमि नगरपालिकाले कौशी/बरण्डा/ छतमा खेती गर्नेलाई तालिम दिने भएको छ । नगरपालिकाको कृषि शाखाले तालिम दिन लागेको हो । 

तीब्र शहरीकरणका कारण कृषि जमिन मासिँदै गएकाले आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैंले उपभोग गर्नका लागि यस्तो कार्यक्रम ल्याई तालिमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

कौशीमा तरकारी उत्पादन गर्दा ताजा तरकारी खान पाउनुका साथै हरित शहर निर्माणमा टेवा पुग्ने नगरपालिकाको दाबी छ । 

नगरपालिकाले तालिमका लागि १५ दिने सूचना जारी गरेको हो । समय सीमाभित्र कृषक समूह, सहकारी र टोल विकास संस्थाले आवेदन दिन नगरपालिकाले आग्रह गरेको हो ।