काठमाडौं । दाङको लमही नगरपालिकाले खडेरीले धानमा पारेको प्रभावको विवरण मागेको छ । नगरपालिकाले मंगलबार सूचना जारी नगरले वडा कार्यालयसँग सो विवरण मागेको हो ।
सूचनामार्फत नगरले यस वर्ष वषात्का कारण खडेरीले धान बालीमा पुगेको क्षतिको विवरण पठाउन वडा कार्यालयहरुलाई नगरपालिकाले भनेको छ ।
विवरणमा धान रोपाइँ हुने जमिनको क्षेत्रफल र हाल रोपाइँ भएको क्षेत्रफलको विवरण पनि उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
साथै, खडेरीले पुर्याएको क्षति विवरण र खडेरिले उत्पादनमा पार्ने अनुमानित क्षति विवरण पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ ।