close

रुन्टीगढी गाउँपालिकाद्वारा तरकारीमा कर छुट

रुन्टीगढी गाउँपालिकाद्वारा तरकारीमा कर छुट

Trulli
ADVERTISEMENT

रोल्पा । रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक किसानलाई कर छुट गरिदिएको छ । गाउँपालिका क्षेत्रका तरकारी उत्पादक किसानले यसअघि स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए ।

यसअघि किसानले प्रतिकिलो ५० पैसाका दरले तरकारी कर तिर्दै आएका थिए । अघिल्लो कार्यपालिकाको उक्त निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरिदिएको हो ।

गाउँपालिकाले 'यसअघि किसानबाट लिइँदै आएइएको तरकारी कर नलिने निर्णय भएको' जानकारी दिएको छ । यो निर्णय आगामी साउन १ गतेदेखि लागु हुनेछ ।

आम्दानीको मुख्य स्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइँदै आएको कर नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जनक पुनले पालकाखबरलाई जानकारी दिए । यो निर्णयले कृषकलाई राहत पुग्ने उनले बताए ।

गाउँपालिका क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्ने गर्छन् ।

यस क्षेत्रमा गोलभेडा, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ । 

यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका बजारसम्म पुग्छन् ।