काठमाडौं । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोष स्थापना गर्ने र कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने बताएका हुन् ।
अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि एक अर्ब विनियोजन गरिएको जानकारी दिए ।