close

रासायनिक मल कारखाना खोल्दै बागमती प्रदेश 

रासायनिक मल कारखाना खोल्दै बागमती प्रदेश 

Trulli
ADVERTISEMENT

काठमाडौं–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्यान्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको हो ।

 

बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल भइरहेको जानकारी दिए । यसका लागि विद्युत् प्राधिकरणसँग पनि छलफल अगाडि बढाइने उनको भनाइ छ ।

 


मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ। बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नातकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए ।