close

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

Trulli
ADVERTISEMENT

डोटी– बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

 

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ । 

 

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।