सल्यान– सल्यानले गत आर्थिक वर्षमा मात्र ३६ करोड ५० लाख रुपैयाँभन्दा वढीको अदुवा उत्पादन गरेर जिल्लावाहिर निकासी गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा अदुवा बिक्री गरेबापत ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको छ । १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भइसकेकोसूचना अधिकारी रेशम कुमार बस्नेतको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित गर्दै आइरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि सल्यानमा भने अदुवा उत्पादन वर्षेनी घट्दै गएको बताइएको छ ।
अदुवाको बजार मूल्य स्थिर नहुँदा व्यवसायिक अदुवाखेती गर्दै आइरहेका किसान विस्तारै विस्थापित हुन थालेको कृषकको गुनासो छ ।