काठमाडौं– आज उच्च पहाडी र हिमाली भेगका धेरै ठाउँमा हिउँ पर्ने भएको छ । कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाड र उपत्यकामा आज पनि आंशिक बदली हुनेछ ।
हिजो अस्तिजस्तै तराई, मधेशमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । महाशाखाका अनुसार तराईमा हुस्सु कुहिरोसँगै घाम पनि लाग्ने गरेकोले शीतलहरको अवस्था भने छैन । चिसो बढेकाले घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।