काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
शुक्रबार बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ।