भक्तपुर– नेपालका लागि चिनियाँ राजदूत छन सोङसहितको प्रतिनिधिमण्डललेशनिबार भक्तपुरको अवलोकन भ्रमण गरेका छन्।
अवलोकनको क्रममा उनीहरुलाई भक्तपुर नगरपालिकाले स्वागत गरेको छ । भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई र उपप्रमुख रजनी जोशीलगायतले दरबार क्षेत्रको मुल प्रवेशद्धारमा ढाका टोपी, खादा र पुष्पगुच्छाले चिनियाँ राजदुतसहितको टोलीलाई स्वागत गरेका हुन् ।
टोलीले भक्तपुर दरबार क्षेत्र, लु ध्वाका, फसि देग, टौमढीस्थित पांचतल्ले मन्दिर, गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरलगायतको अवलोकन गरेका छन् ।