रौतहट। माधव नारायण नगरपालिकाको विशाल पोखरीलाई व्यवस्थित गरी भगत ताल नामाकण गरिएको छ। स्थानीय सरकार र बासिन्दाको सहकार्यमा पोखरीलाई पोखरीलाई तालको रुपमा विकास गरिएको हो ।
वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचीन माईधिया पोखरीलाई व्यवस्थापन गरी भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए । सो गाउँ पूर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानीयको सल्लाहमा भगत ताल नामाकरण गरिएको भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरी भगत ताल नामाकरण भएपछि गाउँमा अब केही हुन्छ भने आश बढेको उनले सुनाए
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी छ । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए । तर विगत केही वर्षदेखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानीय ताल बनाई प्रचारप्रसार गरी पर्यटन स्थल बनाउन लागि परेका छन ।
प्राचिनकालमा माईधिया पोखरी माई धिया मिलेर बनेको छ । जसमा माईको अर्थ माई अर्थात् आमा र र धियाको अर्थ बेटि अर्थात् छोरी हो ।
सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ । स्थानीयको अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरी एक रातमै खनेको हो । पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।
मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।