काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुलीगढीको संरक्षणका लागि कार्य गर्ने भएको छ । ऐतिहासिक स्थलको संरक्षण र पुनर्निर्माण लागि नगरपालिकाले तदारुक्तता देखाएको छ ।
जीर्ण अवस्थामा रहेको दरबारको पुनर्निर्माण, जैविक विविधताको संरक्षण, युद्ध संग्राहलय, खानेपानीको व्यवस्थापनलगायत कार्य गर्ने कमलामाई नगरपालिकाले जनाएको छ ।
यस स्थलको प्रचार–प्रसार गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने कमलामाई नगरपालिकाले जनाएको छ ।