close

झापाकै उत्कृष्ट पर्यटन गन्तव्य बन्दै कनकाई

झापाकै उत्कृष्ट पर्यटन गन्तव्य बन्दै कनकाई

Trulli
ADVERTISEMENT

झापा- कनकाई नगरपालिका झापाको सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रूपमा परिचित छ । नगरपालिकाभित्र रहेका जामनुखाडी सामुदायिक वन एवं धार्मिक आस्थाको धरोहर धनुषकोटिधाम, कोटिहोम र गायत्री मन्दिर अवलोकन गर्न वार्षिक सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । यसले कनकाईको मात्र नभई सिंगो झापाको पर्यटन प्रवद्र्धनमा टेवा पु र्‍याएको छ । 

 

कनकाई नगरपालिका प्रदेश १ को धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समृद्ध स्थानीय तह हो । यो नगरपालिकाले पर्यटनबाटै आर्थिक स्रोत जुटाउन सक्ने सम्भावना बोकेको छ । धार्मिक रूपले महत्त्वपूर्ण मानिएको कनकाई नदी, कोटिहोम र धनुषकोटिधामको थप प्रचार गरेर आर्थिक तथा आन्तरिक आयमा वृद्धि गराउँदै लगेको छ । नगरपालिकाले वडा स्तरमा रहेका पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण र विकास गर्दै अघि बढेको छ । 

 

नगरपालिकाको वडा नम्बर २  पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । सामुदायिक वनको आधा भाग, सुकेडाँगी सामुदायिक वन र जामुनबारी सामुदायिक वन रहेको यो वडामा जामुनखाडी सिमसार क्षेत्र पर्या–पर्यटनका रूपमा विकास हुँदै गएको छ । कुनै समय भैँसी आहाल बस्ने यो अहिले नगरकै गहनाको रूपमा चिनिन थालेको स्थानीय खगेन्द्र श्रेष्ठ बताउँछन् ।

 

जनप्रतिनिधिले पाँच वर्षमा ४ सय १ दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात् १४ बिघा ८ कठ्ठा ६ धुर जमिनलाई समेत सिमसार क्षेत्रको रूपमा विकास गरेका छन् । अहिले पोखरीमा व्यावसायिक रूपमा डुंगा सञ्चालन र मत्स्यपालन गरिएको छ । पोखरीमाथिको झोलुंगे पुलले पर्यटकलाई थ लोभ्याइरहेको कनकाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष परशुराम गिरी बताउँछन् ।

 

वडा नम्बर ६ मा रहेको नेपालकै ठूलो गायत्री मन्दिरको पनि विकास गरिएको छ । आर्थिक वर्ष ०७६÷७७ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेर मन्दिरको संरक्षण र विकास गरिएको छ । वडा नम्बर ७ मा रहेको लकनी खाडी सिमसार क्षेत्र र किरातेश्वर मन्दिर निर्माण गरिएको छ । वडा नम्बर ८ को २० बिघा क्षेत्रफलमा फैलिएको वन तथा सिमसारलाई वनभोज स्थलको रूपमा विकास गरिएको छ ।


केन्द्र र प्रदेश सरकारको सहयोगमा यहाँ शौचालयसहितको भवन र झोलुंगे पुल निर्माणका लागि ताल बनाइएको छ । राजवंशी समुदायको बसोबास भएको वडा नम्बर ९ मा कोज संग्रहालय निर्माण गरिएको छ । प्रत्येक वडामा पर्यटक आकर्षित गर्ने संरचना बनाइएकाले अचम्मित तुल्याएको बेलका नगरपालिकाका नगरप्रमुख  दुर्गाकुमार थापा सुनाउँछन् ।

 

नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा करिब १ करोड रुपैयाँ बजेट विनियोजन गर्दै अघि बढेको छ । कोटिहोमको विकासमा पनि नगरपालिकाले लगानी गरेको छ । इलामको चुलाचुली क्षेत्र हुँदै पर्यटकीय दोमुखाबाट झापा प्रवेश गर्ने नदी किनारलाई पूर्वको प्रसिद्ध आर्यघाटको पहिचान दिलाउने गरी मठमन्दिर निर्माण गरिएको छ । 


मकर संक्रान्तिलगायतका चाडपर्वमा तीर्थाटन गर्न आउने पर्यटकले कनकाईलाई थप पर्यटनको केन्द्र बनाएको कनकाईका नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल दाबी गर्छन् । 


नगरपािलकाको समग्र विकास र समृद्धिका निम्ति नगरले पर्यटकीय क्षेत्रको विकासलाई महत्त्वका साथ अघि बढाएको छ । नगरलाई धार्मिक, ऐतिहासिक तथा जैविक पर्यटन क्षेत्रका रूपमा अघि बढाउन जनप्रतिनिधिले गरेको पहल सार्थक हुँदै गएको छ ।