close

विश्वका १० उत्कृष्ट गन्तव्य मुलुकमा समेटियो नेपाल 

विश्वका १० उत्कृष्ट गन्तव्य मुलुकमा समेटियो नेपाल 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल सन् २०२२ मा पर्यटन गन्तव्य १० उत्कृष्ट मुलुकको सूचीमा परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यको सूचीमा नेपाललाई आठौँ नम्बरमा राखेको हो ।


सूचीको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मौरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एंगुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दसौँमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा छन् ।

 

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेका बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र परेपछि व्यवसायी खुसी छन् । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायी एवं टानका पूर्वमहासचिव मोहन लम्साल बताउँछन् ।