close

भूमेका २ खोलामा क्यानोनिङ सञ्चालनको सम्भाव्यता अध्ययन 

भूमेका २ खोलामा क्यानोनिङ सञ्चालनको सम्भाव्यता अध्ययन 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिकामा साहसिक खेल क्यानोनिङ सञ्चालनका लागि २ वटा खोलाको छहरामा पूर्वसम्भाव्यता अध्ययन गरिएको छ । २५ देखि २७ माघसम्म भूमेका २ खोलाको अग्ला छहरामा साहसिक खेल क्यानोनिङ सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको हो । 


भूमे वडा नम्बर २ मा रहेको काँक्रीस्थित गोन्टे छहरा र भूमे वडा नम्बर ३ तुन्बाङ खोलास्थित तीनताले छहरामा क्यानोनिङ खेल सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

 

चालू आर्थिक वर्ष गाउँपालिकाले पर्यटकीय तथा साहसिक खेलको खोजी, अनुसन्धान, प्रवद्र्धन शीर्षकमा १ लाख रुपैयाँ विनियोजित बजेटबाट खर्चिने गरी गाउँपालिका मातहतमा रहेको युवा विकास केन्द्रको आयोजनामा पोखरा फ्रिडम एडभेञ्चर प्रालिको प्राविधिक सहयोगमा क्यानोनिङ सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको अध्यक्ष बुढाले जानकारी दिए । 


३ खण्ड गरी करिब १ सय मिटर अग्ला छहरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन क्यानोनिङ सञ्चालनको पूर्वसम्भाव्यता अध्ययन गरिएको हो । 


२ खोलाका अग्ला छहरामा क्यानोनिङ खेल सञ्चालनका लागि पोखरा फ्रिडम एडभेञ्चर प्रालिका क्यानोनिङ प्रशिक्षक जगननाथ तिमिल्सिनाको टोलीले पूर्वसम्भाव्यता अध्ययन गरेको हो । 


उक्त टोलीले भूमे वडा नम्बर २ काँक्रीको गोन्टे र भूमे वडा नम्बर ३ को तुनबाङ खोलाको तीन ताले छहरामा क्यानोनिङ सञ्चालनका लागि सर्भे गरिएको हो । अहिले क्यानोनिङ सञ्चालनका लागि प्राविधिक टोलीले सर्भे गरेकाले उक्त प्रतिवेदनले सञ्चालन गर्न उपयुक्त हुने सुझाए थप काम अगाडि बढाइने अध्यक्ष बुढाले जानकारी दिए । 


पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले २ छहरामा क्यानोनिङ सञ्चालन हुने देखिए ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने अपेक्षा गरिएको छ । साहसिक खेल सञ्चालनका लागि जिल्लामै पहिलो पटक सर्भे गरिएको हो ।