close

सगरमाथा हेर्न दामन पो जाने कि ?

सगरमाथा हेर्न दामन पो जाने कि ?

Trulli
ADVERTISEMENT

मकवानपुर - बाग्मती प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरको दामनमा १ सय ५७ खुड्किलाको फलामे भर्‍याङ निर्माण गरिएको छ ।


दामन पर्यटकीय दृष्टिले मकवानपुरको उत्तरी क्षेत्रकै लोकप्रिय थलो हो । यहाँ हरेक वर्ष जाडो मौसममा हिउँ पर्ने गर्छ । हिउँ पर्ने समय काठमाडौं, चितवनसहित तराईका धेरै पर्यटकले दामन भ्रमण गर्ने गरेका छन् । बाहिरी जिल्लाबाट आउने पर्यटकको पहिलो रोजाइ पनि दामन नै हुने गरेको छ ।


दामनस्थित ‘प्राकृतिक टाकुरा’ पुग्न ७० मिटर लामो फलामे भ¥याङ बनाइएको छ । यहाँबाट हिमालको दृश्यावलोकनसँगै थाहा नगरको ठूलो फाँट, लालीगुराँस फुलेको देख्न सकिन्छ ।


समुद्री सतहबाट करिब २ हजार ४ सय  मिटरको उचाइमा रहेको अग्लो स्थानलाई ‘प्राकृतिक टावर’ को रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुंगा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको थाहा नगरका उपप्रमुख खड्ग गोपालीले बताए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको गोपालीले जानकारी दिए ।


‘प्राकृतिक टाकुरामा पुगेर चारैतर्फको दृश्यावलोकन गर्न अब यो सिँढी चढेर जानुपर्नेछ । प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्‍याङ नेपालकै अग्लो फलामे भर्‍याङ भएको अहिलेसम्मको हाम्रो दाबी हो’, उनले भने ।


भर्‍याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने उपप्रमुख गोपाली बताउँछन् ।


हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ ।