काठमाडौं । सोसल मिडिया कम्पनी ट्विटरको मालिक बनेका एलन मस्कले अब चरो स्वतन्त्र भएको बताएका छन् । उनले आज द्विट गर्दै यस्तो बताएका हुन् ।
इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति मस्कले ४४ अर्ब अमेरिकी डलरमा द्विटर किनेका हुन् ।
ट्विटरको लोगोमा एउटा चराको आकार छ । त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको बताएका हुन् । स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका द न्युयोर्क टाइम्सले लेखेको छ ।
समाचारअनुसार बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन् ।