काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ भित्रका सडकमा सडक बत्ति र सिसि क्यामेरा जडान गरी संचालनमा आएको छ।
सु-व्यवस्थित एवं समृद्ध नगर निर्माण कार्यअनुसार बाँकी वडाहरूमा पनि काम भइरहेको र छिट्टै संचालनमा आउने नगरपालिकाले जनाएको छ ।
नगरवासीहरूको शान्ति सुरक्षालाई विशेष प्राथमिकतामा राखी उज्यालो नगर एवं सुरक्षित नगर निर्माण अभियानअन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो ।
नगर उपप्रमुख शान्ता थापाका अनुसार नगरको शान्ति सुरक्षाका लागि थालिएको अभियान अन्तर्गत वडा नम्बर ७ मा सिसी क्यामरा जडान कार्य सम्पन्न भएको र १ र २ वडामा पनि सिसिक्यामरा जडान कार्य समपन्न भएको छ । त्यसैगरी अन्य वडामा पनि कार्य भइरहेकाे उनले जानकारी दिइन् ।