मोरङ । विराटनगर महानगरपालिकाले हटलाइन सेवा सञ्चालन ल्याएको छ । गत बैसाखको स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आएको १०० दिनपछि गुनासो तथा सुझावका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।
स्थानीय नागरिकको गुनासो सुन्न र प्राथमिकताकाम आधारमा सम्बोधन गर्ने भन्दै महानगरले सो कार्यक्रम सञ्चालन ल्याएको महामनगरले जनाएको छ । गुनासो सुन्नको लागि स्थानीयले टोल फ्रि नम्बर १६६०२१४२२२२ मा सम्पर्क गर्न सकिने छ ।
महानगरपालिकासँग स्थानीय बासिन्दाको कुनै गुनासो भएमा सो नम्बर र इमेलमा समेत सम्पर्क गर्न सकिने छ ।