सोलुखुम्बु । खुम्बु पासाङल्हामू गाउँपालिकालाई अत्याधुनिक फाईबर तथा उपकरण हस्तान्तरण गरिएको छ ।
युरोपियन कमिशन र एशिया एट कनेक्ट दक्षिण कोरियाको आर्थिक सहयोगमा प्राप्त ४४ किलोमिटर फाईबर आज एक समारोहबीच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
खुम्बु पासाङल्हामू गाउँपालिकामा द्रूत गतिको ईन्टरनेट सञ्चालन गरी गाउँपालिकाका हरेक गतिविधिलाई प्रविधिमैत्री बनाउन फाईबर तथा उपकरणहरु उपलब्ध गराइएको हो ।
आज आयोजित एक कार्यक्रमबीच सेन्टर फर आईसिटी फर डेभेलोपमेन्टका कार्यकारी निर्देशक पवन शाक्यले खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष मिङमार शेर्पालाई २ लाख २८ हजार युरो अर्थात् साढे २९ लाखभन्दा बढी मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।