धनकुटा - शहिदभूमि गाउँपालिकामा भोलि अत्यावश्यकबाहेकका सेवा ठप्प हुने भएको छ । गाउँपालिकामा बिहिबार दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठक भएकोले सेवा ठप्प हुने भएको हो ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गरी सेवा ठप्प हुने जनाइएको छ ।
सूचनाका अनुसार गाउँसभामा पालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी हुनुपर्ने भएकोले कार्यपालिका भवन तथा वडा कार्यालयको सेवा ठप्प हुन लागेको हो ।