close

सुदुरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदुरपश्चिममा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

कैलाली– सुदुरपश्चिम प्रदेशले भोलि सार्वजनिक बिदा दिने भएको छ । सुदुरपश्चिममा मनाइने स्थानीय पर्व भुवाको अवसरमा बिहिबार बिदा दिने भएको हो ।

प्रदेश सरकारले २६ गते स्थानीय पर्व भुवाको सार्वजनिक बिदा दिने जनाइएको छ । बाजुरा र बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । सो प्रदेशस्थित सरकारी तथा सावैजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

सार्वजनिक स्थानमा भुवा नाच नाचेर भुवा पर्वमा रमाउने चलन रहेको छ । यही अवसरमा बाजुरेली सेवा समाज धनगढीले २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।