ललितपुर– बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषि विकास कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । दोस्रो पटक प्रकाशित सूचनाअनुसार मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।
आइतबार प्रकाशित सूचनाअनुसार कृषि ज्ञान केन्द्र, ललितपुरको चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको हो । खाद्य प्रणली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम ४९ लाख रुपैया बजेटमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको क्षेत्रमा सञ्चालन हुने भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
इच्छुक कृषक समुह/कृषि सहकारी/निजी कृषि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।