स्याङजा - विरुवा गाउँपालिकाले कृषक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदान कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
सूचनाका अनुसार कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले गाउँ कार्यपालिकामा माग आवेदन भर्न सक्नेछन् । सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २५ जना स्थानीय बासिन्दालाई सहभागी गराउने जनाइएको छ ।