काठमाडौँ– बागमती प्रदेश सरकारले जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालनको लागि आवेदन आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य प्रणाली रुपान्तरणको मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालनको लागि आवेदन आह्वान गरेको हो ।
कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न आवेदन पेश गर्न आह्वान गरेको एक सूचनामा उल्लेख गरिएको छ । सो कार्यक्रम सञ्चालनको लागि केन्द्रले कुल कार्यक्रम तिस लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ ।
नुवाकोट र रसुवा जिल्लाका इच्छुक स्थानीय बासिन्दाले सूचना प्रकासित भएको २१ दिनभित्रमा अनुसूची ३ अनुसारको आवेदन दिन सक्ने जनाइएको छ । सम्बन्धित संथाको दर्ता, कर चुक्ता र प्यान, भ्याट दर्ता र नागरिकताको प्रमाणित प्रतिलिपिलगायत कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।