close

५० प्रतिशत अनुदानमा तरकारीको बीउ

५० प्रतिशत अनुदानमा तरकारीको बीउ

Trulli
ADVERTISEMENT

इलाम - देउमाई नगरपालिकाले कृषकका लागि तरकारीको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय कृषकलाई अनुदानमा तरकारीको बीउ वितरण गर्ने जनाएको होे ।

नगरपालिकाले किसानका लागि मौसम अनुसारको तरकारीको बीउ वितरण गर्नका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकका लागि  तरकारीको बीउ  वितरण गर्न लागेको हो ।

कृषकले निवेदनको साथमा नेपाली नागरिताको प्रतिलिपि, निवेदन, लागत मूल्यमा ५० प्रतिशत रकमसहित नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।