close

खाद्यान्न आपूर्तिको लागि आवेदन माग

खाद्यान्न आपूर्तिको लागि आवेदन माग

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले खाद्यान्न आपूर्ति गर्न सूचीकृत हुन अनुरोध गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सोका लागि कृषि सहकारी तथा कृषि समूहलाई अनुरोध गरेको हो । स्थानीय स्तरमा उपलब्ध हुने खाद्य सामग्रीहरु दिवा खाजाको तालिका अनुसार नियमित आपूर्ति गर्ने गरी विद्यालय तथा कृषि सहकारी वा कृषि समूह बीच सम्झौता गर्नु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

विद्यालयका बालबालिकालाई पोषणयुक्त तथा स्वस्थकर दिवा खाजा खुवाउनका लागि आवश्यक पर्ने खाद्य सामग्री आपूर्तिको लागि इच्छुक सहकारी तथा समूहले आवेदन दिन सक्ने छन् । सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।