close

असार मसान्तभित्र व्यवसाय दर्ता गर्न चाँगुनारायणको अनुरोध

असार मसान्तभित्र व्यवसाय दर्ता गर्न चाँगुनारायणको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले व्यवसाय दर्ता तथा नविकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित व्यापार र व्यवसायको नविकरण र दर्ता गर्न अनुरोध गरेको हो । 

सूचनाको अनुसार बंगुर पालन व्यवसाय बाहेक सम्पूर्ण व्यवसायीलाई नगरपालिकाको आर्थिक ऐन २०७९ र कर तथा गैर कर सम्बन्धी ऐन २०७९ बमोजिम नगर कार्यपालिका र वडा कार्यालयमा सम्पर्क गष्री दर्ता गर्न अनुरोध गरेको हो । 

असार मसान्तभित्र व्यवसाय दर्ता गर्नुपर्ने सो सूचनामा उल्लेख गरेको छ ।  निर्धारित समयभित्र व्यवसाय दर्ता नगरेमा कानुन बमोजिम कारबाही गरिने सो सूचनामा उल्लेख गरेको छ ।