close

५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै

५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । शंखरापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप फलफूलको विरुवा वितरण गर्न लागेको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, फार्म तथा सहकारी संस्थाले जेठ २३ गतेभित्र आवेदन दिन सक्नेछन् । 

नगरपालिकाले कागतीको विरुवा वितरण गर्न लागेको हो । प्रति विरुवामध्ये ७५ रुपैयाँ कृषकले व्यर्होनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।