close

७५ प्रतिशत अनुदानमा वर्षे फलफूल वितरण गर्दै विहादी

७५ प्रतिशत अनुदानमा वर्षे फलफूल वितरण गर्दै विहादी

Trulli
ADVERTISEMENT

पर्वत । विहादी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वर्षे फलफूल वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले सुन्तला र कागती १५ बोट, आँप ५ बोट, लिची ७ बोट र केरा आवश्यकताको आधारमा वितरण गर्ने जनाएको छ । 

इच्छुक व्यक्ति, फार्मले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । सहभागी भएका व्यक्तिले कूलमध्ये २५ प्रतिशत व्यर्होनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।