close

बधशाला भाडामा सञ्चालन गर्दै माइजोगमाई

बधशाला भाडामा सञ्चालन गर्दै माइजोगमाई

Trulli
ADVERTISEMENT

इलाम । माइजोगमाई गाउँपालिकाले बधशाला भाडामा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बधशाला भाडामा सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार गाउँपालिका र प्रदेश सरकारको आयोजनामा निर्माण गरिएको बधशाला भाडामा दिन लागेको हो । गाउँपालिकाले भाडाको शुल्क निर्धारण गरेको जनाइएको छ । 

गाउँपालिकाले २ वटा ठूलाको लागि मासिक १४०० र साना ४ वटालाई ७०० रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ । इच्छुक व्यक्ति तथा फार्मले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।