बागलुङ । बडिगाड गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने जनाएको हो ।
गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले धानको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
गाउँपालिकाले खाद्यान्न प्रर्वद्धन कार्यक्रम अन्तर्गत धानको वीउ वितरण गर्न लागेको जनाइएको छ ।