गुल्मी। रुरुक्षेत्र गाउँपालिकाले ५० प्रतिशत लागत साँझेदारीमा फलफूल प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै न्युनतम २ रोपनी जग्गामा वातावरण अनुकुल फलफूल बँगैचा स्थापना तथा प्रवर्द्धन गर्न लागेको जनाएको छ ।
कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, फर्म, सहकारी तथा फर्मलाई आवश्यक कागजात सहित आवेदन पेश गनए गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले सुचना प्रकासित भएको ७ दिनभित्र सम्बन्धित वडा कार्यालय वा कृषि विकास शाखामा आवेदन पेश गर्न सकिने जनाएको छ।