close

मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्दै छत्रदेव

मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्दै छत्रदेव

Trulli
ADVERTISEMENT

अर्घाखाँची। छत्रदेव गाउँपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै  आर्थिक वर्ष २०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत छत्रदेव गाउँपालिकाको ‘मासुपसल सुधार कार्यान्वयन कार्यविधि, २०७९’ बमोजिम ५० प्रतिशत लागत साँझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ। 

कार्यक्रमअन्तर्गत मासु पसलको वध स्थल तथा बिक्री कक्षमा सिसासहितको आल्मोनियम पार्टेसन र जाली लगाउने, मासु पसलको भुई तथा भित्तामा टायल र मार्बल लगाउने, डि–फ्रिजको व्यवस्थापन गर्ने, मास काट्ने हतियार स्टेनलेस स्टिलको व्यवस्थापन गर्ने आदि कृयाकलाप सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। उक्त क्रियाकलापलाई ५० प्रातिशत लागत साँझेदारीमा रु १ लाखसम्म अनुदान दिइने पालिकाले जनाएको छ ।

वैशाख २५ गतेसम्म आवश्यक कागजात सहित कार्यक्रममा सहभागिता जनाउन इच्छुक दर्तावाल व्यवसायिलाई गाउँपालिकाले अनुरोध गरेको छ।