close

उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै जुगल

उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै जुगल

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। जुगल गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको स्विकृत कार्यक्रमअनुसार उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

कार्यक्रममा सहभागि हुन इच्छुक दुध वा मासु वा अण्डा उत्पादक कृषक तथा फार्मलाई आवेदन पेश गर्न गाउँपालिकाले  अनुरोध गरेको छ। यही वैशाख २५ गतेसम्म गाउँपालिकाको पशु शाखामा आवश्यक कागजातसहित आवेदन दिन सकिने सुचनामा उल्लेख गरिएको छ। दुध, मासु र अण्डा उत्पादन क्षेत्रमा २–२ जना कृषकलाई पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ।