close

ताजा तरकारीलाई अभिबृद्धि गर्दै महांकाल

ताजा तरकारीलाई अभिबृद्धि गर्दै महांकाल

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रम सञ्चालन गर्न लागेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा समूहले प्रस्ताव गर्न सक्ने छन् । इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । 

कार्यक्रमको लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम पालिकाको वडा नम्बर १, २ र ३ मा सहभागी हुने गाउँपालिकाले जनाएको छ ।