close

उत्कृष्ट ६ कृषकलाई पुरस्कृत गर्दै जुगल सरकार

उत्कृष्ट ६ कृषकलाई पुरस्कृत गर्दै जुगल सरकार

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ६ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार दुध, मासु र अण्डा उत्पादन गर्ने ६ जना कृषकलाई सम्मान गर्न लागेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई प्रोत्साहन दिनको लागि पुरस्कृत गर्न लागेको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन् । सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।