close

मिट मार्ट स्थापना गर्दै भक्तपुर

मिट मार्ट स्थापना गर्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले मिट मार्ट स्थापना गर्ने भएको छ । नगरपालिकाले ५० प्रतिशत साझेदारीमा मिट मार्ट स्थापना गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपन्छि तथा मत्स्य प्रर्वद्धन कार्यविधि २०७८  मा उल्लेख भए बमोजिम साझेदारीमा मार्ट स्थापना गर्न लागेको हो । सो कार्यक्रमको लागि नगरपालिकाले माग आवेदन माग गरेको छ । 

इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । म्याद नाघेर आएका आवेदनमाथि कुनै कारबाही नहुने नगरपालिकाले जनाएको छ ।