close

चाँगुनारायणमा तालिम प्रदायक संस्थासँग आवेदन माग

चाँगुनारायणमा तालिम प्रदायक संस्थासँग आवेदन माग

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले तालिम प्रदायक संस्थाहरुलाई आवेदन पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले उपमेयरसँग उद्यमशीलता कार्यक्रम सञ्चालन गर्नको लागि तालिम प्रदायक संस्थाहरुलाई आवेदन पेश गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुसार महिला लक्षित तालिम सञ्चालन गर्नको लागि आवेदन माग गरेको हो । महिला सहभागि पायक पर्ने स्थानमा कार्यत्रलम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

इच्छुक संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवेदक संस्थाले आवेदक कागजातसहित निवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।