close

एमविविएस अध्ययन गर्नेलाई छात्रवृत्ति

एमविविएस अध्ययन गर्नेलाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

तनहुँ । आँबूखैरेनी गाउँपालिकाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।