स्याङजा। चापाकोट नगरपालिकाले खाजा खाने समय निर्धारण गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै कार्यालयमा खाजा खाने समय दिउँसोको १ः३० देखि २ बजेसम्म तोकेको छ ।
नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार उक्त समय तोकिएको जनाइएको छ । नगरपालिका र अन्तरगतको कार्यालयको लागि उक्त समय तोकिएको हो।