मकवानपुर । मनहरी गाउँपालिकाले साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना(सिविआर) कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
गाउँपालिकाको अनुसार अपांगता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय संघसंस्थासँग साझेदारी गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।
इच्छुक गैरसरकारी संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।