भक्तपुर। चाँगुनारायण नगरपालिकाले गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाले बिहिबारदेखी उक्त कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशीलता विकास, व्यवसाय सचेतना, व्यवसाय शुरू र लैंगिक सचेतना तथा सामाजिक समावेशीकरण तालिम सुरु गरेको छ ।
नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष रोजबहादुर तामाङज्युको अध्यक्षतामा उक्त तालिम सुरु गरिएको हो।